कांग्रेस सभापतिबाट पार्टी परित्याग, समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी

Gang bdr sgahi

दैलेख । नेपाली कांग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंग बहादुर शाहीले पार्टी परित्याग गरेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

आज सोमवार शाहीले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन गर्दै पैसावाल सीमित दलाल, ठेकेदार तथा भ्रष्टहरूलाई टिकट बिक्री गर्ने पार्टीका केही दलाल नेताहरूका विरुद्ध घोर आपत्ति प्रकट गर्दछु ।’

शाहीले 'पार्टीमा दुख सङ्घर्ष गर्ने कार्यकर्ताहरूको भविष्य समाप्त बनाइदिने तत्वहरूलाई खबरदारी गर्दै आजकै मितिबाट नेपाली कांग्रेस पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु।’ विज्ञप्तिमा भनेका छन् ।

कांग्रेसबाट राजीनामा दिएका सभापति शाहीले नौमूले गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । गंगबहादुर शाहीले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकाे नौमूलेका निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...