ललितपुर महानगरमा एमालेबाट हरिकृष्ण र मञ्जलीद्वारा उम्मेदवारी दर्ता

Harikrishna byanjankar ummedwari 1 7rby6ex1vz

ललितपुर ।ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराएका छन् । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन् ।यसअघि दुवै ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वयसिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका थिए ।

आशीर्वाद लिन उनीहरु बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुगेका दुईजना त्यसपछि पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गरेका थिए । भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...