धनगढीको मेयरमा कांग्रेसले वडलाई दोहोर्‍याउने, अर्का आकांक्षी महरालाई प्रदेशसभामा लगिने

Nrip odd dhangadhi

धनगढी । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको प्रमुखमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाइएको छ । सत्तारुढ गठबन्धनको भागबण्डामा धनगढीको उपमहानगर प्रमुखमा कांग्रेसको भागमा परेको छ ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ को स्थानीय तहको निर्वाचनमा धनगढीको उपमहानगर प्रमुखमा निर्वाचित भएका थिए । धनगढीको उपमहानगर प्रमुखका लागि वड र कृष्ण महरासहित सात जनाको नाम सिफारिस भएको थियो ।

कार्यदलले वडलाई धनगढीको प्रमुखमा गठबन्धनको साझा उम्मेदवारका रुपमा उठाउने निर्णय गरेको छ । यहाँ उपमेयर भने माओवादी केन्द्रले पाएको छ ।

त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको नगर प्रमुखमा वडको नाम टुङ्ग्याइएको नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका सभापति यज्ञराज उपाध्यायले बताए ।

२०७४ सालको निर्वाचनमा उपमेयरमा पराजीत भएकी शान्ति अधिकारीले टिकट पाउने सम्भावना बलियो रहेको माओवादीका नेताहरु बताउँछन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले कसलाई उठाउने भन्ने टुंगो लगाएको छैन ।

मेयरका अर्का आकांक्षी कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ । नगर समितिले धनगढीको मेयरका लागि वड र महरासहित ७ जनाको नाम सिफारिस भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...