एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जल्यो : अध्यक्ष ओली

Kp oli

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलेको बताएका छन् । अध्यक्ष ओलीले बिहीबार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । तत्कालिन नेकपामा पुष्पकमल दाहालले आफुलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको दावी पनि गरे ।

‘एमालेको सुर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो जलिराखेको छ । गतवर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो । १९ पृष्ठ लामो पार्टी अध्यक्षका विरुद्ध प्रधानमन्त्रीका विरुद्ध फौजदारी आरोपहरु सहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडी बढाइयो । यो ठुलो षड्यन्त्र थियो । त्यस अभियोग पत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्धा चलाएर थुन्ने योजना थियो’, उनले थप्दै भने ।

आगामी निर्वाचनपछि एमालेले पुन: सरकारको नेतृत्व गर्ने पनि बताए । आगामी निर्वाचनपछि एमाले संवैधानिक रुपमा मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने उनको भनाइ छ । उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए । मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उनको दावी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...