गठबन्धनभित्र पनि स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं : प्रचण्ड

Parchand 8

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘कहीँकतै त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं । तर त्यसको अर्थ आफू-आफैंमा प्रतिस्पर्धामा प्राथमिकता दिने भनेको होइन । प्राथमिकता तालमेलमा नै हो ।’ उनले केन्द्रमा गरेको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभरी गठबन्धन गरेर अगाडि बढ्ने तयारी भइरहेको बताए ।

सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको र यो केही दिनमा शान्त हुने आशा व्यक्त गरेका हुन् ।

उनले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको जिकिर गरे । उनले भने, ‘एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन् भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन् । हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले ८ दल कहिले ९ दल भनेर जुटेका छन् । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच ध्रुवीकरण देखिएको छ । त्यसैले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अङ्गकै रूपमा लिनुपर्छ ।’

उनले यो वर्ष नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, सुदृढ गर्ने तथा विकास र समृद्धिको नयाँ यात्राको तयारी गर्ने वर्षको रुपमा रहने पनि बताए ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले गभर्नर प्रकरणमा के हुन्छ भन्ने चैत १३ गतेपछि मात्र थाहा हुने बताए । उनले गभर्नर र सरकारको बीचमा समस्या देखिएपछि अर्थमन्त्री र प्रधानमन्त्रीको सल्लाहमा नै सो निर्णय गरिएको पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...