कालिन्चोक गाउँपालिका अध्यक्षमा युवा नेता शिवाकोटी सिफारिस: जित सुनिश्चित
दोलखा । नेकपा (एमाले) दोलखाले धमाधम उम्मेदवारको टुंगो लगाउन थालेको छ । कालिन्चोक गाउँपालिकाको अध्यक्षमा युवा नेता तथा जिल्ला कमिटी सदस्य गणेश शिवाकोटी सर्वसम्मत सिफारिस भएका छन् ।
कालिन्चोकमा शिवाकोटी र थामी समुदायको भोटलाई निर्णायक मानिन्छ । एमालेले अध्यक्ष र उपाध्यक्षमा शिवाकोटी र थामीको सन्तुलन मिलाएर उम्मेद्वारी दिने भएको छ । उपाध्यक्षमा कविता थामी सिफारिस भएकी छन् । शिवाकोटी सम्पर्क मंचका निवर्तमान अध्यक्ष समेत हुन् । उनको जित सुनिश्चित जस्तै देखिएको छ ।
प्रतिकृया दिनुहोस