दोलखाको एमाले कम्पनी भयो, मालिक हाबी भए : प्रदेश सदस्य केशव चौलागाईं

प्रदेश सदस्य

271204942 114132231132478 1587385465418621166 n

नेकपा (एमाले) दोलखा कम्पनीमा परिणत भएको आरोप लागेको छ । एमाले कै बागमती प्रदेश कमिटी सदस्य केशव चौलागाईंले उक्त आरोप लगाएका हुन् । आसन्न स्थानीय चुनावको उम्मेदवार चयनको विषयमा असन्तुष्ट चौलागाईंले सामाजिक संजाल फेसबुकमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलाई मेन्सन गर्दै लेखेका छन्, 'नेकपा एमाले दोलखा कम्पनिमा परिणत भएछ। कम्पनि भएपछि मालिकले आफ्नो इच्छा अनुसार चलाउनु स्वाभाबिक हो ।'

एमाले दोलखामा मालिक हाबी भन्दै उनले रोष प्रकट गरे तर मालिक कसलाई भन्न खोजिएको हो खुलाईएको छैन । चौलागाईंको अति निकट स्रोतका अनुसार उनी टिकट बाडफाडमा हाबी भएका पार्वत गुरुङ्ग, आनन्द पोखरेलसंग असन्तुष्ट छन् ।

जिल्लामा निवर्तमान अध्यक्ष तथा हालका पार्टी इन्चार्ज इश्वर पोखरेल निकट मानिएका चौलागाईं बैतेश्वर गाउँपालिका अध्यक्षका दाबेदार थिए तर त्यहाँको टिकट माधवप्रसाद घिमिरेले पाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...