राप्रपाको घोषणापत्र : गाईभैँसीलाई सुत्केरी भत्ता, ज्येष्ठ नागरिकलाई नि:शुल्क धार्मिक यात्रा (पूर्णपाठ)

Rpp ghosanapatra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय तहको ऐन कानुन निर्माणदेखि परिमार्जन गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप, गाईभैंसीलाई सुत्केरी भत्तालगायतका विषय पनि राखिएको छ ।

यस्तै, शिक्षामा १२ कक्षासम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय बनाउने, सबै स्थानीय तहमा अनिवार्य निःशुल्क स्वास्थ्य बिमा, सुत्केरीलाई मासिक ३ हजार भत्ता दिने उल्लेख गरेको छ ।

कृषितर्फ गाईभैंँसीलाई सुत्केरी भत्तादेखि जमिन बाँझो नराख्ने व्यवस्था गरेपछि कृषि उत्पादन वृद्धि गर्ने विकल्प दिइने घोषणापत्रमा उल्लेख छ । हरेक घरमा एक घर एक धारादेखि ज्येष्ठ नागरिकलाई देशभित्र निस् शुल्क धार्मिक यात्रासम्मको अवधारणा प्रस्तुत गरेको छ । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...