गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा (सहमतिपत्र सहित)
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको हो ।
सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनेको उम्मेदवारलाई लिएर भएको विवाद सहमति भएको छ । योसँगै स्थानीय चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको छ । सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।
एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ
शीर्ष नेताहरूद्वारा हस्ताक्षरित सहमति पत्रमा पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देशन दिइएको छ।
सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत प्रतिष्पर्धा गर्न सकिने समझदारी गठबन्धनबीच भएको सहमति पत्रमा उल्लेख छ।
प्रतिकृया दिनुहोस