गठबन्धन बैठक : २ बजे रातीसम्म जनकपुर र नेपालगञ्जमा हड्कियो कुरा, आज ११ बजे छिनोफानो हुने
काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन । गएराति दुई बजेसम्म बसेको बैठकमा उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।
यसअघि हिजो दिनभर गठबन्धनका दलहरुबीच इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगर कांग्रेसले लिने सहमति बनेको छ भने हेटौंडा एकीकृत समाजवादीको भागमा परेको छ । त्यस्तै घोराही र जितपुर सिमरा माओवादी केन्द्रको भागमा रहेको छ ।
तर, जनकपुरमा विवाद कायमै रहँदा नेपालगञ्जमा पनि सहमति हुन सकेको छैन । नेपालगञ्ज पनि कांग्रेसको भागमा भनिए पनि जसपाको दाबी कायमै रहेको छ । तर, गएराति राति २ वर्षसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि जारी रहने भएको छ ।
महानगरमा सहमति बनेको छ र तर, आज आज बिहान ११ बजे बालुवाटारमै बस्ने बैठकले भने उपमहानगरमा रहेको विवाद अन्त्य गर्ने आजै सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस