भोजपुरका ७ वटामा भागबण्डा, २ वटामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति

Bhojpur gaunpalika

भोजपुर । भोजपुरमा सत्ता गठबन्धनले ९ वटा स्थानीय तहमध्ये सात स्थानीय तहमा भागबण्डा गर्ने सहमति गरेको छ । गठबन्धनको बैठकले दुई स्थानीय तहमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता अजम्बर काङमाङ राईका अनुसार, कांग्रेसले चार, माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहको नेतृत्व पाएको छ । गठबन्धनले जिल्ला समन्वय समितिको सभापति पनि टुंग्याएको छ ।

सभापतिमा जनता समाजवादी पार्टी र उपप्रमुख माओवादी केन्द्रको कोटामा परेको छ । तालमेल नभएको आम्चौंक र अरुण गाउँपालिकामा भने गठबन्धनका दलहरुले अलगअलग उम्मेद्वारी दिने भएको छ ।

१. रामप्रसाद राई गाउँपालिका
अध्यक्षः माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस 

२. पौवादुङ गाउँपालिका
अध्यक्षः माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

३. हतुवागढी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः माओवादी केन्द्र

४. भोजपुर नगरपालिका
मेयरः नेपाली कांग्रेस
उपमेयरः एकीकृत समाजवादी

५. षडानन्द नगरपालिका
मेयरः नेपाली कांग्रेस
उपमेयरः माओवादी केन्द्र

६. साल्पा सिलिछो
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः माओवादी केन्द्र

७. टेम्केमैयुङ गाउँपालिका
अध्यक्षः एकीकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...