प्रचण्डको निर्देशन लत्याएको भन्दै पंचा र हितमानको विरोध

277855578 1443653416051473 7688668163280195367 n

काठमाडौं । माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले लामो समय पछि संगठनको पदाधिकारी टुङ्गो लगाएको छ । २२ औं राष्ट्रिय सम्मेलनमा विवादका कारण अध्यक्ष बाहेक कमिटी टुंगो लाग्न सकेको थिएन । केही समय पहिले बैठक मार्फत केन्द्रिय कमिटी घोषणा गरेको क्रान्तिकारीले जुम बैठक मार्फत पदाधिकारी घोषणा गरेको हो ।

दुई दिन चलेको जुम बैठकमा विद्यार्थीका प्रदेश र विभाग र विश्व विद्यालय समितिले आफ्नो रिपोर्टिङ राखेका थिए । अघिल्लो दिन प्रमुख अतिथि विद्यार्थी फ्याक्सन इन्जार्ज हितमान शाक्य थिए । भने दोस्रो दिन पार्टी अध्यक्ष प्रचण्ड प्रमुख अतिथिको रूपमा उपस्थित भएर बैचारिक राजनीतिक प्रशिक्षण दिएका थिए । प्रचण्डले पार्टीको बैचारिक राजनीति लाइनलाई बुझेर युवा विद्यार्थीलाई माओवादी स्कुलबारे सचेतता पूर्वर्क गोलबन्ध गर्न आग्रह गरे ।सो क्रममा अध्यक्ष प्रचण्डले युवाहरुलाई पार्टीमा जिम्मेवारी दिने र लिडरसिपको रूपमा विकास गर्न पार्टीको नीति निर्माण तहमा र चुनावमा उम्मेदवार बनाउन अधिकतम पहल गने बताए ।

विद्यार्थी संगठनमा चुनावका कारण अस्वस्थ प्रतिस्पर्धा भएको र पार्टी संगठन बुर्जुवा करण हुने खतराले संगठनमा अधिकतम सहमतिको लागि जोड दिइएको बताए ।तर उनले संगठनको आन्तरिक प्रतिस्पर्धालाई ब्यवस्थित गर्न चुनाव विरोधी नभएको समेत प्रष्ट पारे ।

चुनाव मुखैमा रहेको विद्यार्थी संगठनको विभाजित मनोबिज्ञानबारे आफु जानकार रहेको भन्दै प्रचण्डले अहिले चुनावमा ध्यान केन्दित गर्न आग्रह गरेका थिए । उनले भने,`अहिले चुनाव केन्द्रित भएर अल्पकालीन रुपमा कार्यविभाजन गरेर जानुस्, नेतृत्वको रक्षा र आन्दोलन रक्षा गरेर चुनावमा पार्टीका प्रतिनिधिलाई जिताउन ध्यान केन्दित गर्नुस् ।चुनाव पछी विवादबारे व्यापक छलफल गरौंला ।´

अखिल(क्रान्तिकारी)का एक नेताले भने, अध्यक्षको बिचार पार्टीलाई सहयोग गर्न विद्यार्थी भित्रका समस्यालाई थाती राखेर चुनावमा ध्यान केन्द्रित गर्ने भन्ने थियो ।, हामी पनि अध्यक्ष प्रचण्डको निर्देशन अनुरुप अध्यक्ष पंचा सिंह र फ्याक्सन इन्चार्जले निर्णय लिनुहुने छ भन्ने ठानेका थियौं तर उहाँहरुले त आफू दुई जना अनुकुल भागबन्डा गरेर अध्यक्षको निर्देशन लत्याउदै मनोमानी गर्नुभयो । ´ उनले थपे, यसले संगठनको समस्या समाधान गर्ने भन्दा जटिलता पैदा गर्छ, पंचा सिंह र हितमान शाक्य क्रान्तिकारी संगठनको धज्जी उठाउन लागे हामी त्यसको प्रतिवाद गर्छौं ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...