जनता समाजवादी पार्टीले विघटन गर्‍यो समानान्तर कमिटी

Jasapa cc meeting

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरु खारेज गर्ने निर्णय गरेको छ । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमाथि छलफल भइ सो निर्णय भएको हो ।

पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकाहरुमा समानान्तर कमिटी गठन भएका थिए । अब कुनै पनि समानान्तर कमिटी नरहने केन्द्रीय समितिले निर्णय गरेको अध्यक्ष यादवले बैठकमा घोषणा गरेका हुन् ।

केन्द्रीय समिति, संघीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ भने बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक संगठनको समायोजन चैत १० गतेभित्र टुगों लगाउने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...