प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको एमालेले कडा प्रतिवाद गर्ने

Uml sachibalaya meeting

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले दर्ता गरेको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय सचिवालय बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । साथै महाअिभियोगक कडा प्रतिवाद गर्ने निर्णय गरेको पनि छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सो बैठकले महाअभियोग प्रस्ताव लोकतन्त्र, स्वतन्त्र न्यायपालिकाको प्रहार, निर्वाचित तथा सत्ता र विपक्षी दलबीच बढ्दै गएको संवादलाई विथोल्ने प्रयास भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’ उनले यो कदम अनुचित भएको भन्दै त्यसलाई असफल पार्ने पनि बताए ।

उनले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनलाई धकेल्न यस्तो कदम आएको बताए। उनले सत्ता पक्ष र प्रतिपक्षबीच भइरहेको सम्वाद प्रक्रियालाई विथोल्नेगरी यो कदम आएको बताए । गठबन्धनले सर्वोच्चका कतिपय विचाराधीन मुद्दालाई प्रभावित पार्ने र सर्वोच्च अदालतलाई सत्ताको निर्देशनमा चल्ने निरीह संस्थाको रुपमा रुपान्तारिक गर्ने योजनाका साथ अगाडि बढाएको एमालेको ठहर गरेको उनले बताए ।

उनले नेपालको राजनीतिलाई अस्थिरतातर्फ ढकेल्नलाई शक्ति परिचालन भएको बताए । त्यसैले महाभियोगको गम्भीर ढंगले प्रतिवाद गर्ने बताए। एमालेले आवश्यक कदमका लागि संसदीय दललाई निर्देशन दिएको छ । महासचिव पोखरेलका अनुसार भोली बस्ने एमाले संसदीय दलको बैठकले महाभियोगबारे आवश्यक निर्णय लिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...