कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना

Corona death

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३६५ नमूनाको परीक्षण एन्टिजेन र पीसीआर विधिबाट गरिएको थियो ।

पीसीआर विधिबाट १ हजार २२ र एन्टिजेन विधिबाट ५४८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा निको हुनेको संख्या भने ६ हजार १ सय ४६ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।

२४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ । २४ घण्टामा १ लाख ७८ हजार ५ सय ७९ जनाले खोप लगाएका छन् ।

त्यस्तै १३७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

महाकुम्भबाट फर्किंदै गर्दा स्कार्पियो दुर्घटना हुँदा ५ नेपालीको मृत्यु ४ जना गम्भीर घाइते

Accident

काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थ...