महाकुम्भबाट फर्किंदै गर्दा स्कार्पियो दुर्घटना हुँदा ५ नेपालीको मृत्यु ४ जना गम्भीर घाइते

Accident

काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।

महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ। तीव्र गतिमा रहेको स्करपियो अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै विहार मुजफ्फरपुर जिल्लाका प्रहरी उपअधीक्षक विनीता सिन्हाले पीटीआईसँग बताएकी छन् । मोटरसाइकललाई बचाउन खोज्दा स्करपियो अनियन्त्रित बनेको थियो ।

‘पाँच जनाको घटनास्थलमै मृत्यु भयो । जसमध्ये तीन जना महिला छन्। चार जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई पटनाको अस्पतालमा रेफर गरिएको छ’ उनले भनेकी छन् ।

गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ ।

घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरू महोत्तरीका हुन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले घटनाको सम्बन्धमा भारतीय प्रहरीसँग बुझ्ने प्रयास भइरहेको जनाएको छ । दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मन्दिर नजिक भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी धनकुटा नगरमा दोहोरिए खगेन्द्र विष्ट, पूर्व जनसरकार प्रमुख बस्नेत सम्मानित

Udaya bdr basnet samman

धनकुटा । नेकपा (माओवादी केन्द्र) धनकुटा नगरपालिका कमिटीमा खगेन्द्र कुमार विष्ट पुनः अध्यक्ष चयन भ...