अछाम घटना : प्रेम प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या, यसरी खुल्यो रहस्य
अछाम । अछामको ढकारी गाउँपालिका -१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको प्रेम सम्बनधकै कारण हत्या भएको खुलेको छ ।
यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका -८ पल्साताकी दुवै किशोरीको ढुंगा प्रहारबाट हत्या भएको थियो ।
हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्नहरूको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन । प्रहरीले दबै जना युवतीको फोनमार्फत कुराकानी हुने गरेको र पहिलो भेटमै हत्या गरेको निष्कर्ष निकालेको छ ।
दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । मृतक इशरा खड्का र पक्राउ परेका ती दुई किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार उनीबीच टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धसम्म पुर्याएको थियो । तर, भेट्ने मौका जुरेको थिएन । किशोरको गाउँ ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको ढकारी–८ पल्साता भौगोलिक रुपमा टाढा पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन ।
अछाममा माघ महिनामा विवाहित छोरीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ । बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर फूपुुको घरमा पुगेको खुलेको छ । फूपुको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना बनाएर फोनमा कुरा गरी उनीहरु शुक्रबार बिहानै फूपुको १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए ।
दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरु भेट भयो । इशरा र उनीसँग टेलिफोन संवाद हुने ६९ मंगलसेन ७३ (परिवर्तित नाम) ले चुन्नी (दोपट्टा) साटे । त्यसैबेला अर्का किशोर ६९ मंगलसेन ७६ (परिवर्तित नाम) इशरासँग आफ्नो पनि प्रेमिका भएको बताउँदै विवाद गरेका थिए । त्यसपछि भने इशरा र ६९ मंगलसेन ७३ अलि टाढा गएर कुरा गर्छन ।
६९ मंगलसेन ७३ र इशरा अलि टाढा गएपछि फूपु सरस्वतीसँग ६९ मंगलसेन ७६ को कुराकानी हुन्छ । कुराकानीका क्रममा ६९ मंगलसेन ७३ ले प्रेम प्रस्ताव राख्दै इशारा र ६९ मंगलसेन ७३ जस्तै पछि विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् । प्रहरीलाई ६९ मंगलसेन ७६ ले दिएको बयानअनुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले सरस्वतीलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । ६९ मंगलसेन ७६ ले जबरजस्ती गर्न खोजेपछि उनले प्रतिवाद गरिन् । त्यसपछि ६९ मंगलसेन ७६ ले ढुंगाले हानेर सरस्वतिका निर्मम हत्या गर्छन् ।
सरस्वतिको हत्या हुँदासम्म इशरालाई भने थाहा थिए । उनी बाख्रा फर्काउन भन्दै अलि तल गएकी थिइन् । सरस्वतीले गरेको प्रतिवादले आक्रोशित भएर हत्या गरेका ६९ मंगलसेन ७६ ले हत्या गरेको लुकाउने उद्देश्यले भवितव्य भएको देखाउन माथिबाट उनको शव भएको स्थानतिर ठूलो ढुंगा खसाल्छन् ।
ढुंगा खसेको आवाज आएपछि इशरा घटनास्थलमा पुगेकी थिइन् । उनले त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखिन् । ६९ मंगलसेन ७६ भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताउँछन् तर, इशराले पत्याइनन् र फूपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताउँछिन् । घटना बाहिर आउने डरले ६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६ ले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन् र दुईजना मिलेर इशराको पनि निर्मम हत्या गर्छन् ।
यो सबै जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको रहस्य हुल्छ । पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेर विस्तृत जानकारी दिएका छन् ।
प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरहरूले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीर माथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ । हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौं ढुंगा खसालेका छन् । एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे रु भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।
पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस