डोनाल्ड ट्रम्प आप्रवासीप्रति थप गरम बन्दै, अमेरिकाले साँढे १४ लाख आप्रवासीलाई निष्कासन गर्ने
अमेरिकामा बसोबास गर्ने १ हजार ३६५ नेपाली निष्कासनमा पर्ने निश्चित (सुचीसहित)
काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेका थिए । सोहीअनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार पाँचसय ४९ जनालाई निष्कासन गर्न लागेको हो ,
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । अमेरिकाले आफ्नो देशमा बस्दै आएका अवैध आप्रवासीको सूची सार्वजनिक गरेको छ ।
ुनोभेम्बर २४,२०२४ सम्म अमेरिकामा १४ लाख ४५ हजार पाँचसय ४९ जना गैरनागरिकहरू भेटिएको बताइएको छ । जसलाई अमेरिकाबाट हटाउनुपर्नेछु अमेरिकी अध्यागमन कार्यालयलाई उदृत गर्दै विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसको प्रत्यक्ष असर सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकलाई परेको छ ।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।
प्रतिकृया दिनुहोस