निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने एमालेको निर्णय

एमालेको मतसंख्या बढेको ठहर

Uml.jpg thapathali

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले वैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय गरेको उनले बताए । त्यस्तै उनले पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष हाइलेभल डेलिगेसन जाने निर्णय भएको बताए ।

केन्द्रीय कार्यालय बैठकले आसन्न स्थानीय निर्वाचनमा पार्टीका सम्पूर्ण मातहत कमिटीहरुलाई तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले बताए । बैठकले सचिवालय बैठकमा पेस गर्ने एजेन्डा पनि तय गरेको छ । राष्ट्रियसभा निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय भएको छ ।

त्यस्तै १६ जिल्ला बाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टी विधान अन्तर्गत रहेर पार्टी संचालनका लागि नियमावलीलाई अगाडी बढाउनुपर्ने भएकाले नियमावलीको ड्राफ्ट सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको छ । जनसंगठन परिचालनको निर्देशिका, आर्थिक निर्देशिका लगायत पार्टीका आन्तरिक कामलाई व्यवस्थापन गर्नका लागि भएका कामहरूलाई सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको भट्टराईले बताए ।

एमाले विधानमा महासचिव नेतृत्वको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...