राष्ट्रियसभाको निर्वाचनको अन्तिम मतपरिणाम : एमाले घाटैघाटामा, गठबन्धन नाफैनाफामा

Karnali 4

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा सत्ता गठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो ।

राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक–एक सिट थपेका छन् । सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । जसले ७ सिट गुमाउन बाध्य भएको छ । २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ ।

निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो । ​

अन्तिम नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्ण प्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।​

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...