सकियो माओवादीको बैठक, जनपरिचालनका कामहरुको जिम्मा ‘प्रचण्ड’लाई

Maoist meeting

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक सकिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय भएको पनि नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताए ।

उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए ।

महराले भने, ‘अहिलेको समसामयिक परिस्थितिको विषयमा ब्रिफिङ गर्ने र परामर्श लिने उद्देश्यका साथ बैठक बोलाइएको हो । आजको बैठकमा तीनवटा कुरा बिफ्रिङ गर्नुभएको छ अध्यक्ष कमरेडले । एउटा आज बस्ने भनिएको थियो केन्द्रीय कमिटीको बैठक । हामीले यो तत्काललाई बस्न सम्भव छैन । अहिलेको जुन कोभिडको स्थिति छ, यो अलि चर्को छ । त्यसकारणले कोभिड अलि मत्थर नभएसम्म बैठक स्थगित गर्ने, तर तत्काल कामका निमित्त अध्यक्ष कमरेडले कामहरु अघि बढाउने भन्ने भयो । तलका बाँकी संगठनात्मक कामहरु रहेका छन् भने प्रदेश जिल्लाहरूले टुंग्याउने भन्ने निर्णय भयो । त्यसपछि केही कामहरु खास गरेर जनपरिचालनका कामहरु अध्यक्ष कमरेडले दिने भन्ने निर्णय भयो ।’

नेता महराले एमसीसीको सवालमा अध्ययन गर्न पार्टीले कार्यदल बनाएको समेत जानकारी दिए । उनले भने, ‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ । त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुझाव पर्खिने भन्ने निर्णय भयो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...