माओवादीले केन्द्रीय समिति टुंगो लगायो, महासचिवमा सहमति जुटाउने प्रयास जारी

Maoist.jpg 1 y0ckizxieg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नयाँ केन्द्रीय समितिको टुंगो लगाएको छ । आइतबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको टुंगो लगाएको नेत्री पूर्णाकुमारी सुवेदीले जानकारी दिएकी छन्। 

नेत्री सुवेदीले बन्दसत्र हलमा दिएको जानकारी अनुसार केन्द्रीय समितिको टुंगो लागेको हो। अहिले त्यसलाई रुजु गरेर अन्तिम नामावली तयार पारिँदै छ। महासचिवमा सहमति जुटाउने प्रयास भइरहेको छ।

माओवादीले केन्द्रीय समितिबाटै १५ जना पदाधिकारी चयन गर्नेछ भने त्यसको अनुमोदन महाधिवेशन हलबाट हुनेछ। महासचिव सहित नयाँ नेतृत्व छनौटका लागि स्थायी समिति बैठक बसिरहेको छ। 

आइतबार अपरान्ह ४ बजेसम्मका लागि बन्दसत्र स्थगित गरी स्थायी समिति बसेको हो ।  माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी कमिटी बैठक बसिरहेको हो।

पुस ११ गतेबाट राजधानीमा सुरु भएको माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन पारित भइसकेको छ भने नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...