आठौं महाधिवेशनमा प्रचण्डले भने, ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं’

Prchanda 12

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् ।

आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् । पार्टी एकता गर्दा आफूहरुको उदेश्य गलत नभएको उनको भनाइ थियो ।

पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, हामीले गल्ती गरेका थिएनौं ।’

‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’ उनले भने ‘एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन गरौं ।’

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए । माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो समय धेरै नजिक भएर काम गरेको भन्दै प्रचण्डले गठबन्धन भन्दा अगाडि बढ्न चाहेको टिप्पणी गरे । आफूले आठौं महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको प्रचण्डले बताए । ‘मैले आफैंलाई चिरफार गरेको छु’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...