धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव
बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ ।
सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् ।
फार्मेसीमा जीवनजल मात्रै नभएर २५ वटा अत्यावश्यक औषधीको समेत अभाव भइरहेको छ । खरिद ऐनका कारण अस्पतालमा औषधिको अभाव भएको फर्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए ।
हाल अस्पतालमा भाइरल ज्वरो, झाडा वान्ता लगायतका बिरामीहरको चाप पनि बढेको छ ।
प्रतिकृया दिनुहोस