भारतको बिहारमा लकडाउन अन्त्य, रात्रीकालीन कर्फ्यू जारी
एजेन्सी । भारतको बिहारमा लकडाउन अन्त्य गरिएको छ।मुख्यमन्त्री नितिश कुमारले ट्विट गरेर लकडाउन हटाइएको घोषणा गरेका हुन्।
यद्पि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालिन कर्फ्यू भने जारी रहने उनले बताएका छन् । मुख्यमन्त्री नितिश कुमारले लकडाउनका कारण राज्यमा कोरोना संक्रमण नियन्त्रणमा लिन सहज भएको तर अहिले पनि भिडभाडबाट बच्नुपर्ने बताएका छन्।
उनले ५० प्रतिशत कर्मचारी राखेर सरकारी तथा निजी कार्यालयहरु साँझ ४ बजेसम्म र पसलहरु साँझ ५ बजेसम्म खोल्न पाइने घोषणा गरेका छन्।
प्रतिकृया दिनुहोस