समुद्री आँधीका कारण भारतमा १८ जनाको मृत्यु
काठमाडौँ । अति शक्तिशाली चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अबर सागरमा विकसित शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको हो ।
जसका कारण भारतका कर्नाटक, गोवा, केरल र महाराष्ट्र राज्यमा गरी १८ जनाको मृत्यु भएको छ भने गुजरातबाट डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिकृया दिनुहोस