स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ ।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आजदेखि सो अभियान शुरु गरेको हो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज बिहान आयोजित कार्यक्रममा ‘स्वास्थ्यप्रति जिम्मेवार समृद्धिको आधारमा मेरो वर्ष २०७५’ र ‘स्वास्थ्य प्रवद्र्धनको वर्ष २०७५’ “जनमानसमा स्वास्थ्यको पहुँच हाम्रो अभियान आठ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता” भन्ने अभियानको अनावरण गरे ।
उक्त आठ बुँदे प्रतिबद्धतामा “ म तनावरहित जीवन व्यतीत गर्छु” ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थबाट टाढा बस्छु,’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेको छ ।
उक्त प्रतिबद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्नुहुर्दै स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुने बताउँदै व्यायामले गाउँ समाजलाई सकारात्मक सोचको विकासमा प्रेरणा दिने बताए ।
उनले आफू खेलकूदमा रुची भएको र नियमित व्यायाम गर्ने गरेको बताउँदै प्रदेश सरकारले अगाडि ल्याएको आठ बुँद्धे प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैसँग आग्रह गरे ।
मुख्यमन्त्री राईले यो वर्ष विकास र समृद्धिको जग हाल्ने वर्ष भएको बताउँदै सिंगो मुलुकलाई रोगमुक्त बनाउने अभियान सफल बनाउने अभियानमा सहभागी हुनुपर्नेमा जोड दिए ।
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई योगमय बनाउन प्रदेश सरकारको कार्यसुचीमा राखेको बताए । आठ बुँदे प्रतिबद्धतालाई योग शिविरमा प्रदेश सदस्य, सरकारका कर्मचारी, उद्योगी व्यापारी, नागरिक समाज र सञ्चारकर्मीले हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अभियानअन्तर्गत आज कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
सम्बन्धित समाचार
किन कमजोर बन्दैछन् नेपालीका हाड ?
'हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै क...
मधेशमा स्वास्थ्य : गरिवको मन जित्दै ए प्लस अस्पताल ट्रमा सेन्टर कलैया
कलैया । स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया...
झाडापखाला बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, ७ जना बिरामी
खजुरा (बाँके)। बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउ...
सरकारी अस्पतालका क्यान्सर नमूना जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्ने
काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने...
हैजा संक्रमितको संख्या बढ्दै, सर्तकता अपनाउन विज्ञको सुझाव
काठमाडौं । पछिल्ला केहि दिनयता नेपालमा हैजा संक्रमितको संख्या बृद्धि हुँदै पाइएको छ । ललितपुर, क...
पोलियो मुक्त भएको १४ वर्षमा ढलको पानीमा भेटियो पोलियो भाइरस
काठमाडौं । काठमाडौंको ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–ब...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस