सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो : डा कोइराला

सरकार अतिवादतर्फ लम्किँदैछ

Shekher koirala

चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन चितवनले म‌ंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो ।’ 

प्रजातन्त्रमा शक्ति पृथक्कीकरण अति महत्वपूर्ण भएको तर यसलाई समाप्त गर्न न्यायपालिकालाई पनि आफ्नो कब्जामा प्रधानमन्त्रीले लिइसकेको आरोप डा कोइरालाले लगाए । 

फरक प्रसंगमा उनले काँग्रेसले पराजय भोग्नाको एउटा कारण नाकाबन्दीका विषयमा बोल्न नसक्नु भएको बताए । डा कोइरालाले आउँदो पार्टी अधिवेशनमा पार्टी नेतृत्वमा आफ्नो उम्मेदवारीको विषय नेता कार्यकर्ताको सुझावमा भर पर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...