शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सरकारको आह्वान
काठमाडौँ । सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गदिदिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
मन्त्री, सम्पूर्ण राजनीतिक दलका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी, रङ्गकर्मी, कलाकर्मी, प्राध्यापक, शिक्षाविद्, पेशाकर्मी, राष्ट्रेसवक कर्मचारी, सरकारी एवं गैरसरकारी संघसंस्था, नेपाल शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति, राष्ट्रिय अभिभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सम्पूर्ण देशभक्त एवं शिक्षाप्रेमी महानुभावमा सरकारका तर्फबाट स्वेच्छिक अभिभावकत्व ग्रहण गरिदिन आह्वान गरिएको जानकारी राज्यमन्त्री बाँस्कोटाले दिए ।
शिक्षाको अधिकारबाट वञ्चित तथा विद्यालय जान नसक्ने बालबालिकालाई शिक्षा दिने र अशिक्षालाई समाप्त गर्ने उद्देश्यसहित सो अभियान शुरु गरिएको उहाँको भनाइ छ । आजको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयका सचिव राजीव गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गर्ने तथा प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस