हाम्रो लक्ष्य पूर्वाधार मात्रै नभएर आत्मसम्मान सहितको समृद्धि हो : अध्यक्ष दाहाल
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् ।
भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई अाइतबार सम्बोधन गर्दै उहाँले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा हुनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री दाहालले भने, “हाम्रो लक्ष्य पूर्वाधार मात्रै नभएर आत्मसम्मान सहितको समृद्धि हो ।” पूर्वाधारमा समृद्ध रहेका मुलुकका जनतामा पनि वितृष्णा देखिएको भन्दै उहाँले पूर्वाधार निर्माणले मात्रै समृद्धि नआउने बताए ।
वैज्ञानिक शिक्षाको अभावमा अन्धविश्वासका कारण अहिले पनि ठूला आपराधिक घटना पनि हुने गरेको भन्दै उनले मानिसलाई आत्मसम्मानका साथ बाँच्न सक्ने गरी शिक्षा र स्वास्थ्य पु¥याउनुपर्ने बताए । गरिब मुलुक भएकाले विदेशमा जाँदा नेपालीले अपमानित हुनुपरेको भन्दै उहाँले अब नेपाल समृद्ध बन्ने र नेपाली आत्मसम्मानका साथ बाँच्न पाउने बताए ।
दलहरुबीचमा एकता भएका बेला नेपालका सबैखाले उपलब्धि हासिल भएको भन्दै उहाँले अब देशको समृद्धिका लागि पनि दलबीचमा समझदारी र सहमति आवश्यक रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक र कर्मचारीको जीविकोपार्जन हुन सक्ने सुविधा राज्यले दिनुपर्ने भन्दै उनले त्यसो भएमा मात्रै उनीहरुको दिमाग र ध्यान संस्थाप्रति समर्पित बनाउन सकिने बताउए ।
चितवन ‘मेडिकल सिटी’का रुपमा विकास हुँदै गएको भन्दै उहाँले रोगहरु पनि यही बढ्दै गएकाले रोगको अनुसन्धान केन्द्र विकास गर्नुपर्ने र त्यस केन्द्रको नेतृत्व भरतपुर अस्पतालले लिनुपर्ने बताए । यसअघि आफू प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा नीतिगत रुपमा नै महत्वपूर्ण काम भएको उनको भनाइ थियो ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले पाँच वर्षभित्र समृद्धि नेपाल हुँदै गर्दा आम नेपालीले शिक्षा र स्वास्थ्यमा समान सुविधा पाउनुपर्ने बताए । उनले भने, “कुन परिवार र वर्गमा जन्मियो त्यही आधारमा शिक्षा र स्वास्थ्य हुनु हुँदैन । सबैले समान रुपमा उपभोग गर्न पाउनु पर्छ ।”
उनले सुखी र समृद्ध नेपाल बनाउने सरकारको परिकल्पना पूरा हुँदै गर्दा आम नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताउनुभयो । पूर्वाधार विकासको लक्ष्य नभएर माध्यम भएको बताउँदै नेपाली काँग्रेसका नेता थापाले आम नेपालीले सुखी र समान अवसर पाएका बेला मात्रै देश समृद्ध हुने बताए ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, नेकपा (एमाले) चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, भरतपुर अस्पतालका पूर्वअध्यक्ष बद्री तिमिल्सिनालगायतले अस्पतालले पछिल्लो समय गरेका कामको प्रशंसा गरेका थिए ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीले अस्पतालले गरेका कामको बारेमा जानकारी गराउँदै देखिएका चुनौती समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
सो अवसरमा अध्यक्ष दाहालले सिटी स्क्यान, हेमोडाइलासिस सेन्टर, अक्सिन उत्पादन गृह र बहिरंग सेवा भवनको उद्घाटन गर्नुभएको थियो ।
विसं २०१३ सालमा १५ शय्याबाट शुरु गरिएको अस्पतालमा हाल ६०० शय्या रहेका छन् । दैनिक एक हजार ५०० हाराहारी बिरामीले अस्पतालबाट बहिरंग सेवा लिँदै आएका छन् । अस्पतालमा चितवनसहित छिमेकी २२ जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।
सम्बन्धित समाचार
किन कमजोर बन्दैछन् नेपालीका हाड ?
'हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै क...
मधेशमा स्वास्थ्य : गरिवको मन जित्दै ए प्लस अस्पताल ट्रमा सेन्टर कलैया
कलैया । स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया...
झाडापखाला बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, ७ जना बिरामी
खजुरा (बाँके)। बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउ...
सरकारी अस्पतालका क्यान्सर नमूना जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्ने
काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने...
हैजा संक्रमितको संख्या बढ्दै, सर्तकता अपनाउन विज्ञको सुझाव
काठमाडौं । पछिल्ला केहि दिनयता नेपालमा हैजा संक्रमितको संख्या बृद्धि हुँदै पाइएको छ । ललितपुर, क...
पोलियो मुक्त भएको १४ वर्षमा ढलको पानीमा भेटियो पोलियो भाइरस
काठमाडौं । काठमाडौंको ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–ब...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस