प्रधानमन्त्री ओली आज भारतीय राज्य उत्तराखण्ड जाँदै

Kp oli 23

काठमाडौँ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय राज्य उत्तराखण्ड जाने कार्यक्रम रहेको छ ।  पन्तनगरमा रहेको जिबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा हुने विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली एयर इन्डियाको विशेष उडानमा जाने छन् ।  

सो विश्वविद्यालय कृषि अनुसन्धानमा प्रतिष्ठित विश्वविद्यालय हो।  विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्वीपक्षीय भेटवार्तामा नेपालको कृषिलाई व्यवसायिकरण गर्न भारतीय प्रविधिको प्रयोग गर्ने विषयमा सहमति भएको थियो।

आजै उत्तरखण्डका गभर्नर कृष्णकान्त पाउलले प्रधानमन्त्री ओलीको सम्मानमा दिवा भोज आयोजना गरेका छन्। दिवाभोजपछि प्रधानमन्त्री ओली अपरान्ह नयाँदिल्ली फर्कनेछन्। उनी आज साँझ स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...