सम्मान जनक एकता नभए युवाहरुले नमान्ने : वाइसीएल महासचिव सेर्पाली
बुटवल । बुटवलमा जारी वाइसीएल नेपालको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले संग हुने पार्टी एकता सम्मानजनक नभए वाइसीएलले अस्वीकार गर्ने संगठनका महासचिव सुवोधराज सेर्पालीले बताए ।
उनले भने, ५०/५० कै बराबरीमा एकता हुनुपर्ने पक्षमा वाइसीएल रहेको र त्यसैको लागी आफुहरु बैचारिक राजनैतिक रुपमा समेत बहस संघर्ष गर्दै लाग्नुपर्नेमा सबैले ध्यान दिन नेता कार्यकर्तालाई आव्हान गरेका छन् ।
वाइसीएल सधैं जनजिविका, राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको सवालमा लडदै आएको हुनाले राष्ट्रियताको एजेन्डामा कुनै पनि हालतमा अबिचलित भइ अघि बढ्न जिल्लाका पदाधिकारी भन्दा माथिका कार्यकर्तालाई निर्देशन महासचिव सेर्पालीले निर्देशन दिए ।
अब वाइसीएलको भुमिका बदलिएको छ हामी जनताको सुख दुखको साथी बनेर जनताको बिचमा जानुपर्ने कुरामा ध्यान केन्द्रीत गर्न सेर्पालीले जोड दिए । वाइसीएल ५ नम्बर प्रदेशको कार्यक्रममा पुर्व वाइसीएल केन्द्रीय सचिब निर्मल जि.सी., वाइसीएल प्रदेश फ्र्याक्सन इन्चार्ज रामप्रसाद बन्जाडे पार्टी केन्द्रीय सचिवालय सदस्य बामदेब क्षेत्रीले संबोधन गरेका छन् ।
कार्यकरमा ५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले युवाहरुको माझमा प्रशिक्षण दिएका थिए भने वाइसीएल फ्र्याक्सन इन्चार्ज तथा पार्टीको ५ नम्बर प्रदेश इन्चार्ज कमरेड मणि थापाले प्रशिक्षण दिने कार्यक्रम रहेको वाइसीएल नेपाल ५ नम्बर प्रदेश अध्यक्ष जितेन्द्र पुन ले खबरदबलीलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस