प्रधानमन्त्री ओलीको काइदा, उपप्रधानमन्त्री नबनाँउदाको फाइदा !

Ishor pokhrel6763

काठमाडौं । पहिलो पटक प्रधानमन्त्री हुँदा सबै भन्दा धेरै उपप्रधानमन्त्री बनाएर रेकर्ड बनाएका प्रधानमन्त्री केपी ओलीले यस पटक एक जना पनि बनाएनन् । अाफ्नो नेतृत्वमा बनेको वाम गठबन्धनको सरकारमा कसैलार्इ पनि उपप्रधानमन्त्री नबनाँउने प्रस्ताव गरे माओवादी पनि यसमा सहमता भयो । 

सरकार गठनको क्रममा अोलीले उपप्रधानमन्त्री बनाएका भए वरीयताको पहिलो दावी माओवादीको रहने थियो । यस्तो हुदा प्रधानमन्त्री बाहिर हुँदा कार्यवाहक प्रधानमन्त्री माओवादीलार्इ दिनु पर्ने हुनाले ओलीले अाफ्नो सरकारबाट उक्त पद नै हटाएको प्रस्ट देखिन्छ । 

गठबन्धनको सरकारमा ओली वरीयताका अाधारमा हुन सक्ने समस्याका कारणा अाफ्नो अनुपस्थितिमा सरकारको जिम्मेवारी अाफु निकटलार्इ दिन चाँहान्थे । उनको यो चाहाना तिन दिने भारत भ्रमणमा गएपछि प्रस्ट भएको छ । उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री इश्वर पोखरेलले दिएका छन् ।

राष्टपति कार्यलयले विज्ञप्ती जारी गरेर भनेको छ, आज मिति २०७४ साल चैत्र २३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा सम्वत् २०७४ साल चैत्र २३ गते शुक्रबार भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...