सबै क्षेत्रले सहयोग गर्नुहोस् सरकार दायाँबायाँ अल्मलिने छैन, विकासको मूल फुटाउँछ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन् ।
उहाँले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।”
राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्ययोजनाका साथ काम शुरु गरिसकेको जानकारी दिए ।
अहिलेको मुलुकको अर्थतन्त्र अनुकूल छैन, अप्ठ्यारो अवस्थामा रहेको छ, यस्तो अवस्थालाई सदाका लागि अन्त्य गर्न सरकारको प्राथमिकता रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्नुपर्छ भने ।
उनले भने, “दुई छिमेकीको साथ र सहयोग लिई उनीहरुको विश्वास लिएर सरकारले काम गर्छ, उनीहरुले पनि सरकारसित सहकार्यका लागि तत्परता देखाइरहेका छन् ।” प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका कुरा गर्दा अधिनायकवाद नआउने स्पष्ट पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र कसैले दिएको उपहार होइन, नेपाली जनताले दुःख गरेर ल्याएको व्यवस्था हो भने ।
मुलुकको आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सहकारीको विकासका लागि सरकारको ध्यान गएको छ भने ।
दुईदिने सो सम्मेलनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), जापान, इण्डानेशियालगायतका देशका सहकारी विज्ञको सहभागिता रहेको छ । दुईदिने सम्मेलनमा सहकारी आन्दोलनका उपलब्धि, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले खेल्ने भूमिका, सहकारी विकासका लागि आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल हुनेछ ।
सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले सहकारीको संख्यात्मक वृद्धिका साथमा गुणात्मक विकासको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा सहकारीसित भएका पूँजी पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा थप परिचालन गर्न सक्ने वातावरण सरकारले मिलाइदिने जानकारी दिए ।
उनले भने, “राजनीतिक लोकतन्त्रका साथमा आर्थिक लोकतन्त्रलाई पनि सुदृढ बनाउनुपर्छ, सहकारी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डका रुपमा थप बलियो बनाउनुपर्छ ।”
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउन विनियमावली संशोधनका क्रममा रहेको जानकारी दिँदै सहकारीलाई उत्पादनसित जोड्नुपर्छ भने । उनले कृषि क्षेत्रमा सहकारीलाई थप आकर्षण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको चर्चा गरे ।
कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले गरिबी निवारण गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई थप प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान उच्च रहेको हुँदा अगामी दिनमा सहकारीलाई बलियो बनाउँदै लानुपर्छ भने । सम्मेलन आयोजक संस्थाका अध्यक्ष केशव बडालले छिटो सहकारी विनियमावली ल्याउन माग गरे ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस