प्रतिनिधिसभाको पहिलो अधिवेशनमा १५ घण्टा बैठक !
आखिर के भयो त १५ घण्टाको बैठकमा ?
काठमाडौँ । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ ।
पहिलो अधिवेशनको अन्त्यको घोषणापूर्व आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सो बीचमा १५ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको जानकारी गराए । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रअनुसार आजै राति १२ बजेदेखि संघीय संसद्को पहिलो अधिवेशनको अन्त्य हुँदैछ ।
गत फागुन २१ गते शुरु भएको प्रतिनिधिसभाले अन्तरिम नियमावली २०७४ पारित गरेको छ भने नियमावली बनाउन मस्यौदा समिति गठन गरेको छ ।
पहिलो अधिवेशनले सभामुखर/उपसभामुखको निर्वाचन गर्नुका साथै गत फागुन २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव २०८ मतले पारित गरेको थियो ।
यही अवधिमा यही चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई पहिलो सम्बोधन गरेका थिए भने प्रधानमन्त्री ओलीले दुईपटक सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।
अधिवेशन अवधिमा चार अध्यादेश पारित भएका छन् ।
प्रतिकृया दिनुहोस