द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याइने : मन्त्री मगर

Bina magar minister

कञ्चनपुर । दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताएकी छन्  । 

बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा मन्त्री मगरले आफूलाई समेत माओवादी पार्टीले शहीद घोषणा गरी श्रद्धाञ्जलि दिइसकेको स्मरण गर्दै मृत्युकुण्डबाट नयाँ जीवन लिएर आएको बताइन । 

उनले नेकपा (माओवादी केन्द्र) शहीदकै रगतको टीका लगाएर यहाँसम्म पुगेको बताउँदै अब त्यस्तो अवस्था सिर्जना हुन नदिन वाम गठबन्धन गर्नुपरेको बताइन् । निर्वाचनका क्रममा जनतासँग गरेका सबै वाचा पूरा गर्न आफू आतुर रहेको उनलेले बताइन । 

सो अवसरमा मन्त्री मगरले नगरपालिकाभित्र रहेका ५७ जना द्वन्द्वपीडित परिवारका सदस्यलाई साइकल हस्तान्तरण गरिन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...