विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नु पर्छ : नेता नेपाल

Madhav nepal

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । 

नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताए । 

पूर्वाधारका योजना सम्पन्न भएपछि मात्र ठेकेदारलाई भुक्तानी दिनुपर्नेमा जोड दिँदै उनले भने–“भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ, प्रधानमन्त्रीले विभागीय मन्त्रीलाई निर्देशन दिनुभएको छ, अब सचिव, महानिर्देशकले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुपर्छ ।” 

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राजनीतिक अस्थिरताले देशमा विनियोजित विकास खर्च उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उक्त क्षेत्रमा कानूनका अभावले देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । 

उनले आगामी वैशाखभित्र सडकमा रहेका खाल्डाको व्यवस्थापन गरिने जानकारी गराए ।  नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सडक विस्तारका कारण धुवाँ, धुलो, ट्राफिक चापको समस्या रहेको बताउँदै छिटोभन्दा छिटो सडकको स्तरोन्नतिका साथै राष्ट्रिय महत्वका आयोजना तथा पूर्वाधार समयमै पूरा गर्नुपर्नेमा जोड दिए । 

विभागका प्रमुख डा विजय पौडेलले समाजवादका लागि भौतिक पूर्वाधारकाबारे कार्यपत्र प्रस्तुत गर्दै सो क्षेत्रमा गरिने लगानीको औचित्य, यातायात क्षेत्रको विकासले कृषि क्षेत्रमा पर्ने प्रभाव सम्बन्धी जानकारी गराए।  मन्त्रालयअन्तर्गतका विभिन्न विभागका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञले छवटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...