हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षका एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताएका छन् ।
विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना ल्याउन आग्रह गर्दैे भने, “पाँच वर्षमा पाँच वटा यस्ता महत्वपूर्ण योजना सम्पन्न गराऔंँ जसले जिल्लाको कायापलट गर्ने छ । पैसा छरेर मात्र विकास हुँदैन ।”
मुख्यमन्त्री पौडेलले कतिपय स्थानमा वृद्धाश्रमको नाममा व्यापार समेत हुने गरेको बताउँदै नुवाकोटको जस्तो भवन हरेक जिल्लामा निर्माण गर्नुपर्छ भने । उहाँले पछिल्लो समय वृद्धहरुलाई परिवारले नहेर्र्ने समस्या बढेकाले परिवारबाटै हेरचाह गराउने अभियानसमेत प्रतिष्ठानले सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष तथा सांसद नारायणप्रसाद खतिवडाले वृद्धहरुलाई फरक रोग लाग्ने भएकाले हरेक जिल्लामा कम्तीमा एउटा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरी आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए ।
प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, केशव पाण्डे र बद्री मैनालीले आआफ्ना धारणा राख्नु भएको थियो । विसं २०६७ मा स्थापित प्रतिष्ठानले देवीघाटनमा छ रोपनी जग्गामा चारतले भवन बनाएको छ । सरकारी कार्यालयको करीव रु एक करोड ७२ लाख र दाताबाट प्राप्त रु एक करोड ४७ लाख भवन निर्माणमा लागेको थियो ।
प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सत्तरी ज्येष्ठ नागरिकलाई केन्द्रमा आश्रय दिन सकिने क्षमता रहेको र प्रतिष्ठान हातामा ज्येष्ठ नागरिक अस्पताल बनाउने योजना रहेको जानकारी दिए । आज नै प्रतिष्ठानले सञ्चालन गरेको शतचण्डी महायज्ञ सम्पन्न भएको छ । प्रतिष्ठानको अक्षयकोष वृद्धि गराउन महायज्ञ गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस