नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि आज पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिए ।
सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताए ।
प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधनस्रोतको अभाव लगायतका समस्या रहेकोबारे आफू जानकार रहेको बताउँदै उनले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाए ।
इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यकतालाई पनि उनले अौँल्याए । सो क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब र पोलिग्राफ सेक्सनको निरीक्षण समेत गरे । उनले कमाण्ड सेन्टरमा ‘भिडियो कन्फेरेन्स’बाट प्रदेश प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्याहरू समाधान गरिने वचनबद्धता प्रकट गरे ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो भएको बताउँदै गृह मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने विश्वास व्यक्त गरे ।
गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनको विकास क्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाबारे अवगत गराएका थिए ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस