एक वर्षभित्र राजधानीलाई माक्स मुक्त क्षेत्र बनाउन सक्रिय छु : मन्त्री पण्डित

Lal babu

काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आगामी एक वर्षभित्र राजधानीलाई माक्स मुक्त क्षेत्र बनाउन आफू सक्रिय भएर लागिरहेको बताएका छन् । 

सामुदायिक रेडियो प्रसारक संघद्वारा आज  आयोजित कार्यक्रममा उनले देश र जनताको हकहितमा काम गर्न आफू सक्रिय भएकाले सबैको सहयोग भए माक्स मुक्त क्षेत्र बनाउन सकिने बताए । 

मन्त्री पण्डितले अपराध गर्नेलाई दण्डित गर्न आफूपछि नहट्ने तर काल्पनिकभन्दा पनि सत्य तत्य विषयवस्तुमा विशेष ध्यान दिएर समाचार सम्पे्रषण गर्न पत्रकारलाई आग्रहसमेत गरे । 

उनले सामुदायिक रेडियो प्रकाशन संघले प्रकाशन गरेको ‘सामुदायिक मेलमिलाप’ नामक पुस्तक पनि विमोचनसमेत गरे । विभिन्न जिल्लामा रहेका सामुदायिक मेलमिलाप केन्द्रले समाजमा भएका घटना चित्रण सहित समाधानका उपायबारे पुस्तकमा उल्लेख छ । 

पुस्तकमा गाउँका विवाद गाउँमै साम्य, रेडियोको कथाले दियो नयाँ जीवन, जब आमा–बाबुका अगाडि दाजुभाइ अङ्काल गरे, जग्गा विवादले बोली बन्द मिलाउने काममा मेलमिलाप केन्द्र, रेडियो कार्यक्रम सुनेको भरमा विवाद मिल्यो, टुटेको सम्बन्ध जोड्दै मेलमिलाप केन्द्रलगायतका २९ वटा लेख समावेश छन् । 

उक्त पुस्तकको मूल्य रु ५०० तोकिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्थानीय तहका सानातिना घटना मेलमिलाप केन्द्रले टुङ्याएमा अदालतमा समेत भार कम हुने विचार व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...