विप्लवलाई विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दा, जिल्ला प्रहरी कार्यालय कपिलबस्तुबाट प्रक्राउ पुर्जी जारी
काठमाडौ । अर्धभुमिगत रुपमा रहेर शान्ति सुरक्षामा खलल पुग्ने गरी विभन्न गतिविधिहरु संचालन गरिरहेको अारोपमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरेको छ ।
कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टी गरे । विप्लवको घरमा पुर्जी टाँस भएको छ ।
उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो । नेकपाका नेताहरुको पुर्जी टाँसका विषयमा प्रतिक्रिया पनि पाएको छ ।
नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको बताए । आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?
भन्ने प्रश्नसहित त्यसपछि उत्पन्न हुने राजनीतिक अबस्थावारे लेखेका छन् । नेता बमले यसले राज्यले लिने नीति स्पष्ट गरेको र अब आफ्नो पार्टी त्यहीँ अनुसार अगाडि बढने बताए ।
प्रतिकृया दिनुहोस