प्रधानमन्त्री ओली र प्रचण्डबिचको भेटवार्ता जारी, मन्त्रालय भगबण्डा गर्दै

सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुने

24kp oli and prachanda shaligram

काठमाडौँ । मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उनिहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उनिहरुबीचको छलफलले निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुनेछ । 
यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...