महान्यायधीवक्ताको गरिमा विचार गरेर पार्टीबाट राजीनामा दिँए : महान्यायाधीवक्ता खरेल

Agni kharel

काठमाडौँ ।नेकपा एमालेका नेता एवम् वरिष्ठ अधिवक्ता अग्नि खरेलले  महान्यायाधीवक्तामा नियुक्त भएपछि एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई मंगलबार महान्यायधीवक्तामा सिफारिस गरेपछि उनलार्इ राष्ट्रपतिले नियुक्त गरेकी थिइन्।

बुधबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटर खरेलले राजीनामा बुझाएका हुन् । पूर्वकानुनमन्त्री खरेललाई प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता बनाएका हुन्। उनी पहिलो संविधानसभामा समानुपातिकतर्फबाट र दोश्रो संविधानसभामा एमाले कोटाबाट मनोनित सांसद बनेका थिए।

‘महान्यायधीवक्ताको गरिमा विचार गरेर राजीनामा दिएको हुँ’, खरेलले भने, ‘त्यहाँ बसेर फ्री र फेयर भएर काम गर्न मैले  पार्टीको सदस्यबाट राजीनामा गर्नु उचित सम्झिएँ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...