प्रधानमन्त्री ओली मन्त्रिमण्डल विस्तार गर्दै, ओली र दाहालबीच बालुवाटारमा बैठक

Prachanda and kp oli

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएको सातौँ दिनमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल विस्तारको तयारीमा लागेका छन् । अाफ्नो शपथ ग्रहणसँगै तिन सदस्यीय मन्त्रिमण्डल गठन गरेका ओलीले अाज विस्तारको तयारी थालेका हुन । 

प्रधानमन्त्री ओलीको सपथ ग्रहणमा नै अन्य मन्त्रीहरुको पनि शपथ गाराउन चाहेको भएपनि माओवादी केन्द्रले अान्तरिक तयारी नभएको भन्दै मन्त्रीहरुको टुङ्गो नलगाएका कारण मन्त्रिमण्डल विसतार हुन सकेको थिएन । 

सोमबार रातिभएको एकता संयोजन समितिको बैठकले सातवुदे सहमति पत्रमा हस्ताक्षर गरिएपछि माओवादी केन्द्रले सरकारमा अाफ्ना मन्त्रीहरु पठाउने भएको छ । 

एमाले र माओवादीका केहि मन्त्रीसहित उनले साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना रहेको एमाले स्रोतले जानकारी दियो।

मन्त्रालयको भागबन्डा गर्न अहिले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बैठक जारी छ।

‘दुई अध्यक्षहरु मन्त्रालय टुंग्याउन बैठक गरिरहनु भएको छ, मन्त्रालय बाँडफाँट मिलेपछि मन्त्रीको टुंगो लाग्छ,’ माओवादी प्रवक्ता पम्फा भुषालले भनिन्।

एमाले नेता प्रदीप ज्ञवालीले माओवादीले नाम दिए आजै मन्त्रिमण्डल विस्तार हुने बताए। ‘उहाँहरुले नाम दिए आजै मन्त्रिमण्डल विस्तार हुन्छ, हामी मन्त्री टुंग्याउन छलफल गर्दैछौं,’ ज्ञवालीले भने।

प्रधानमन्त्री ओलीको सरकार अहिले तीन सदस्यीय छ। एमालेका लालबाबु पण्डित र थममाया थापा फागुन ३ गते मन्त्री नियुक्त भएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...