राष्ट्रपतिद्धारा खतिवडा, विडारी र राईलाई राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौँ । देउवा सरकारले सिफारिस गरेका राष्ट्रियसभा सदस्य रद्ध गरेर ओली सरकारले नयाँ तीन जना सदस्यहरुलार्इ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याल राईलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिश गरेको थियो। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सिफारिश गरेको थियो।
देउवा सरकारको सिफारिशमा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको थिएन। दुई दिनअघि केपी शर्मा ओली नेतृत्वको सरकारले देउवाले सिफारिश गरेका नाम फिर्ता गर्ने निर्णय गरेको थियो।
राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएकोमा कांग्रेसले विरोध गरेको छ ।
यो संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको कांग्रेसले बताएको छ । देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषदको मंगलबार विहान बसेको बैठकले देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई पठाएको थियो ।
प्रतिकृया दिनुहोस