देउवा सरकाले गरेका निर्णय खारेज गरे नराम्रो परिणाम वेहोर्नु पर्ला : पूर्व मन्त्री प्रधानको चेतावनी

Bhimsen das pradhan

काठमाडौ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कुनै पनि निर्णय खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ । 

प्रमुख प्रतिपक्ष दल काँग्रेस नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अघिल्ला सरकारले गरेका निर्णय नयाँ सरकारले खारेज गरे परिणाम नराम्रो आउने चेतावनी दिए । उनले प्रजातन्त्रमा अघिल्ला सरकारले लिएका निर्णय नयाँ सरकारले खारेज गर्नु न्यायसंगत नहुने तर्क गरे । 

संविधान, कानुन र मुलुकमाथि आर्थिक भार थोपर्नेगरी देउवा नेतृत्वको सरकारले लिएका निर्णय फिर्ता लिने नयाँ सरकारले तयारी गरिरहेको छ । तर, सरकारको सम्भावित निर्णयप्रति लक्षित गर्दै काँग्रेस नेता प्रधानले भने ‘प्रजातन्त्रमा त्यसो गर्न न्यायसम्मत हुनै सक्दैन ।’ 

सोमबार काठमाडौंमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा बोल्दै उनले आंशिक प्राध्यापकहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरे । काँग्रेस नेता प्रधानले आफूहरुको समस्या समाधान नभए अनसन बस्न तयार हुन आंशिक प्राध्यापकहरुलाई सुझाव पनि दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...