जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

Trilochan bhatt

कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताए ।

सोमबार ६८औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए ।

पटक पटकका आन्दोलन र संघर्षबाट जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान पाउने जुन कल्पना गरेका थिए, त्यो आज पूरा भएको छ, उनले भने । मुख्यमन्त्री भट्टले सुशासन, भ्रष्टाचार नियन्त्रण, पिछडिएको समुदायलाई मूलधारमा जोड्नेलगायत दूर दराजमा बसेका जनसमुदायलाई सरकारको अनुभूति दिलाउनका लागि प्रदेश सरकारको काँधमा जिम्मेवारी आएको उल्लेख गरे ।

त्यसैगरी, प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले सबै राजनीतिक क्रान्ति सम्पन्न गरिसकेकाले अब मुलुकको समृद्धिका लागि आर्थिक क्रान्ति गर्नुपर्ने जिम्मेवारी काँधमा आएको बताए । उनले लोकतान्त्रिक गणतन्त्र तथा प्रजातन्त्रलाई सुदृढ गर्दै समृद्धिको यात्रा अगाडि बढेकाले सबै आ–आफ्नो ओहदामा बस्नुभएका महानुभावलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरे ।

मन्त्रिपरिषद् तथा मुख्यमन्त्री परिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रदेश नं ७ का उपसभामुख, मन्त्री, प्रदेशसभाका सांसद, उपसभामुख, विभिन्न मन्त्रालयका उच्च पदाधिकारी, प्रहरी प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...