माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड

Parchanda

काठमाडौं । माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लार्इ चयन गरेको छ । आइतबार बिहान बसेको संसदीय दलको पहिलो बैठकले प प्रचण्डलाई दलको नेता चयन  गरेको हो ।

संसदीय दलको कर्यालय  सिंहदरवारमा बसेको बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए । बैठकमा प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे सामान्य ब्रिफिङ समेत गराएका थिए । सांसद देवेन्द्र पौडेलका अनुसार प्रचण्डले एमालेसँग एकताको कोशिस भइरहेको बताए पनि सांसदहरुलार्इ एकताको बिषयमा विस्तृत रुपमा भने खुलाएनन् ।

आइतबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताकै विषयमा आफूले छलफल गर्न लागेको प्रचण्डले जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...