प्रदेश ७ को सरकार गठन, को को भए मन्त्री ?

Prov 7 sapath 1

धनगढी । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

लगतै ६ मन्त्रीले सपथ लिएका छन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् ।

एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् । बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादीबाट मन्त्री बनेकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...