हामी हिजो सरकारमा नजाँदा चलाइएका हल्ला सबै गलत हुन : अध्यक्ष दाहाल

Parchanda

काठमाडौं । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा माओवादी सरकारमा सहभागि नहुँदा बाहिर आएका  भ्रमपूर्ण हल्लामा कुनै सत्यता नभएको प्रस्टपारेका छन् ।  

उनले भने ‘हामी हिजो सरकारमा नजाँदा जेजति हल्ला चलाइयो ती सबै गलत छन् । हामी अझै पनि वार्तामै छौ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामख र मन्त्रीहरुकै विषय टुङ्ग्याएर प्याकेजमै एक दुईदिनभित्रै पार्टी एकताको खाका तयार गर्छौ’ उनले थपे ‘ हामी राजनीतिक नियुक्ति सहितको एकता गर्छौ । वार्ता सकारात्मक भइरहेको छ ।’ 

काठमाडौमा शुक्रबार भएको पार्टी निकट शिक्षकहरुको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका  सम्बन्धमा अएका समचारहरु गलत भएको दावी गरेका हुन् ।

उनले मुलुकले ७० वर्षपछि स्थायित्व पाउन लागेको भन्दै यसअघिका सबै सरकार कमजोर भएको र अब बन्ने सरकारले अघिल्ला सरकारहरुले गर्न नसकेका काम गरेरै छाड्ने दाबी गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...